मेगा बैंककी कामु सीइओ रविना देशराज श्रेष्ठ सरकारबाट विभुषित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंककी कामु सीइओ रविना देशराज श्रेष्ठ सरकारबाट विभुषित



काठमाडौं । बिहीबार मेगा बैंककी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ)रविना देशराज श्रेष्ठ विभुषित भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सीइओ श्रेष्ठलाई प्रबल जनसेवाश्री प्रदान गरेकी हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८को अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभुषण प्रदान गर्ने घोषणा गरेको थियो ।

मेगा बैंक संचालक समितिको बुधबारको बैठकले उनलाई कायममुकायम सीईओको जिम्मेवारी समेत प्रदान गरेको छ । कामु सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन् ।

यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी छन् । ३१ वर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत उनी बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार १२:१९