प्रभु इन्स्योरेन्सको लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु इन्स्योरेन्सको लाभांश पारित



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २६औँ वार्षिक साधारण सभाले बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर बापत ०।५८ प्रतिशत नगद लाभांश गरी जम्मा ११.५८ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत गरेको छ । बुधबार “प्रभु कम्प्लेक्स” मा विद्युतिय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत भएको हो ।

वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले विभिन्न समस्या तथा उत्तारचढावहरु, २०७२ सालको महाभूकम्प, सोही वर्षको नाकाबन्दी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) र सो को नयाँ÷नयाँ भेरियन्टको असर परेकाले बीमा क्षेत्रमा असर परेको बताइन ।

वार्षिक साधारण सभाबाट पारित बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी रु। १ अर्व २८ करोड ९७ लाख ११ हजार पुगेको छ । साथै कम्पनीले केन्द्रिय कार्यालय सहित ५५ भन्दा बढी शाखा तथा उपशाखाहरूबाट सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : १ बैशाख २०७९, बिहीबार ०८:५६