ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाकाे हुँगीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाकाे हुँगीमा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पाल्पा जिल्लाको रम्भा गाउँपालिका हुँगीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।


नयाँ एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५१ पुगेको छ । एक्सटेन्सन काउन्टर सञ्चालन आएसँगै स्थानीय बासिन्दाले सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सेवा लिन सकिने बैंकले जनाएको छ ।


बैंकले मुलुकभर २८८ शाखा, २७५ शाखारहित बैंकिङ्ग सेवा, २५७ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार १४:३४