रेमिट्यान्स १.७ प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थतन्त्र

रेमिट्यान्स १.७ प्रतिशतले घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैकले रेमिट्यान्सको बर्तमान तथा आर्थिक स्थितीको विवरण सार्वजनिक गरेको छ । बैकले आर्थिक बर्ष २०७८/७९ को आठ महिनाको तथ्याङ्गकमा आधारित रहेर विवरण सार्वजनिक गरेको हो ।

समिक्षा अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले कमी आई रु.६ खर्ब ३१ अर्ब १९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो ।

राष्ट्र बैकको तथ्याङ्गक अनुसार समिक्षा अवधिमा वैदेशिक रोजगारिका लागि अन्तिम श्रम स्विकृति (संस्थागत तथा व्यक्तिगत – नयाँ तथा वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएर दुई लाख २७ हजार ९०० सय पुगेको छ । यो संख्या अघिल्लो बर्षको सोहि अवधिमा ८२.९ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई एक लाख ७८ हजार दुई सय ६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २.० प्रतिशतले कमी आई ७०४ अर्ब ३ ३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलवार १३:५३