बलेफी हाइड्रोपावरको शेयर बाँडफाँट, तीन जना भाग्यमानीले पाए ११ कित्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

मुख्य समाचार

बलेफी हाइड्रोपावरको शेयर बाँडफाँट, तीन जना भाग्यमानीले पाए ११ कित्ता



काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । मंगलबार विहान कम्पनीको शेयर निकाशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले शेयर बाँडफाँट गरेको हो ।

आईपीओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७४० कित्ताको लागि आवेदन दिएका थिए । त्यसमध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भएका छन् भने २१ लाख ६८ हजार १०० जनाको मात्रै योग्य आवेदन परेको छ ।

कम्पनीको आईपीओको लक्की नम्बर ९ र ५ छनोट भएको छ । कम्पनीको आइपीओमा माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा १ लाख ६६ हजार ३४५ जनाले शेयर पाएका छन् ।

त्यस मध्ये भाग्यमानी तीन जनालाई बाँकि रहेको ३ कित्ता शेयर एक एक कित्ताको दरले ३ जनालाई ११ कित्ता दिईएको छ । कम्पनीले चैत १६ देखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर मात्रै सर्वसाधारणलाई छुट्याएको थियो ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलवार ११:४९