आइसिएफसि फाइनान्सको २१ औं शाखा विर्तामोडमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

आइसिएफसि फाइनान्सको २१ औं शाखा विर्तामोडमा



काठमाडौं । आइसिएफसि फाइनान्सले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा चैत २७ गते, रामनवमीको दिनबाट झापाको वडा नं.०४ विर्तामोडमा आफ्नो २१ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त संस्थाको उद्घाटन विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले गरेका हुन् ।

उक्त शाखाको उद्घाटनमा विर्तामोड उघोग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपाने, यस फाइनान्सका सञ्चालक सुशीलकुमार अर्याल, प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठ तथा नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीको उपस्थिती रहेको थियो ।

आइसिएफसि फाइनान्सले मोबाइल बैकिङ, इन्टरनेन्ट बैकिङ, लकर सेवा, ३६५ दिन बैकिङ सेवा, एटिएम कार्ड, आस्वा सेवा, म्झबत सेवा, रेमिटेन्स सेवा, विभिन्न प्रकारका कर्जा सुविधा तथा अन्य सम्पूर्ण अत्याधुनिक बैकिङ सुविधाको साथमा विगत १८ बर्ष देखि आफ्नो ग्राहकलाई बैकिङ सुविधा प्रदान गरिरहेको छ ।

चुक्तापूँजी १ अर्ब १२ करोड ७१ लाख रूपैयाँ रहेको यस फाइनान्सले हाल सम्म एक लाख भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै १६ अर्ब ५७ करोड रूपैयाँ निक्षेप संकलन र १४ अर्ब ११ करोड रूपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।

प्रकाशित : २७ चैत्र २०७८, आईतवार १५:०६