सहारा साकोसद्वारा एटिएम सेवा सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहारा साकोसद्वारा एटिएम सेवा सञ्चालन



काठमाडाैं । झापामा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई एटिएम सेवा दिन सुरु गरको छ। संस्थाको २७ औँ स्थापना दिवसको अवसरमा सो सेवाको सुरुवात गरेको हो । संस्थाले आफ्नो केन्द्रीय कार्यालय चारपाने र सदस्य सेवा केन्द्र धुलाबारीबाट एकैसाथ एटिएम काउन्टर संचालनमा ल्याएको हो ।

सोमबार प्रदेश एकका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीले एटिएम काउन्टरको उद्घाटन गरे । च्वाइस टेक्नोलोजी (एससीटी) सँगको सहकार्यमा सुरु भएको एटिएम कार्ड संस्थाको एटिएम काउन्टरका अतिरिक्त नेपाल र भारतमा बैंकहरुको काउन्टरमा समेत प्रयोग गर्न सकिने संस्थाले जनाएको छ।

सदस्यको माग अनुसार प्रविधिमा आधारित सेवा प्रदान गरिएको र यसलाई बिस्तार गर्दै लैजाने संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए । एक लाख ६० हजार सदस्य रहेको संस्थाका ७७ वटा सेवाकेन्द्र रहेका छन् । १ अर्ब ६५ करोड रुपैयाँ सेयर पुँजी तथा एक अर्व जगेणा कोष रहेको संस्थामा बचत ९ अर्ब ५६ करोड र ऋण लगानी १३ अर्व १६ करोड रहेको पुगेको उनले जानकारी दिए ।

बार्षिक उत्सवमा अवसरमा सेयर सदस्य स्वर्गीय माधव बराइलीको परिवारलाई परिवार राहत रकमअन्तर्गत ५ लाख रुपैयाँ, संस्कृति संरक्षण कार्यक्रमअन्तर्गत रामचोक नौमती बाजा समूहलाई वाद्यवादन र स्थानीय छ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार ०७:३५