बीमाको दायरा ८.५५ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

बीमा

बीमाको दायरा ८.५५ प्रतिशतले बढ्यो



काठमाडौं । बीमाको दायरा ८.५५ प्रतिशतले बढेको छ । चालु आर्थिक बर्षको साउन महिनामा २६.८९ प्रतिशत थियो । आठ महिनाको अवधिमा फागुन सम्ममा ३५.४४ प्रतिशत पुगेको छ । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्गक अनुसार बैदेशिक रोजगार र म्यादी जीवन बीमालेख सहित बीमाको दायरा ८.५५ प्रतिशतले बढेर नेपालीको बीमामा ३५.४४ प्रतिशत पँहुच पुगेको छ ।

बैदेशिक रोजगार बाहेक म्यादी जिवन बीमालेखको दायरा ७.६२ प्रतिशतले बढेर ३२.६१ प्रतिशत पुगेको छ । गत साउनमा उक्त बीमाको दायरा २४.९९ प्रतिशत थियो । म्यादी बीमा र वैदेशिक रोजगार म्यादी बीमामा आबद्ध जनसंख्याको आधारमा त्यस बराबरको नेपाली बीमाको दायरामा देखिएका हुन् ।
सरकारले चालु आर्थिक वर्षभित्र ३३.३३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच विस्तार गर्ने योजना रहेको थियो । बीमाको पहुँचसम्बन्धी यो तथ्यांक सरकारले लिएको लक्ष्यभन्दा बढी हो ।

फागुन मसान्त सम्म म्यादी र बैदेशिक रोजगार जिवन बीमालेख बाहेक ३८.३७ प्रतिशतले बढेर ९२ लाख ३९ हजार ८ सय २४ वटा बीमालेख रहेको र यसमा म्यादी जिवन बीमालेख संख्या मात्र १० लाख ८८ हजार ५ सय ९० वटा तथ्याङ्गकमा उल्लेख छ । साथै, बैदेशिक रोजगार बीमालेख संख्या १७.६१ प्रतिशतले बढेर ८ लाख ५१ हजार ३ सय १४ वटा जारी रहेको छ । चालु आर्थिक बर्षको फागन मसान्तसम्म कुल जिवन बीमालेख संख्या ३६.५४ प्रतिशतले बढेर १ करोड ११ लाख ७९ हजार ७ सय २८ पुगेको तथ्याङ्गक सर्वजनिक गरेको छ ।

प्रकाशित : २२ चैत्र २०७८, मंगलवार २२:०९