अरुण काबेलीको आइपीओ खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अरुण काबेलीको आइपीओ खुल्यो



काठमाडौं ९  कातिक । अरुण काबेलीको आइपीओ मंगलबारदेखि बिक्री खुला भएको छ ।
एक सय रूपैयाँ अंकित मूल्यको यो सेयर कात्तिक १२ गतेसम्म भरिसक्नुपर्नेछ । यस समयभित्र आवश्यकता अनुसार आवेदन नपरेमा चाहिँ कात्तिक २३ सम्म भर्न पाइनेछ ।

तर पछिल्लो समय आइपीओ क्रेज बढेकाले १२ गते नै बिक्री बन्द हुने अनुमान छ । अरुण काबेलीले ३० करोड रूपैयाँको ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

यसमध्ये ९० हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ भने एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषले पाएका छन् । अब बाँकी २७ लाख ६० हजार कित्ता सर्वसाधारणमा निष्कासन खुला गरिएको हो ।

यो सेयरमा न्यूनतम ५० कित्ता र अधिकतम १५ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । अरुण काबेलीमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्दैछ ।

सिद्धार्थ क्यापिटल लिमिटेडसहित सिद्धार्थ बैंकका सम्पूर्ण शाखाहरूमा आवेदन फारम लिन र बुझाउन पाइनेछ । सिद्धार्थ क्यापिटलमा भने एकाउन्ट पेयी चेकमात्र बुझ्ने व्यवस्था भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

प्रकाशित : ९ कार्तिक २०७३, मंगलवार ०७:२४