सार्वजनिक यातायातको भाडा बढ्यो ,कुन ठाउँ पुगेको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सार्वजनिक यातायातको भाडा बढ्यो ,कुन ठाउँ पुगेको कति ?



काठमाडौं । यातायात व्यवस्था विभागले आइतवारदेखि लागू हुने गरी सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा बढाएको छ । केही दिनअघि यातायात व्यवसायीहरुसँग गरेकाे सम्झौता अनुसार विभागले आजबाट लागू हुने गरी नयाँ भाडा कायम गरेको हो ।

विभागका अनुसार सवारीसाधनको भाडादर १० देखि १५ प्रतिशत सम्म वृद्धि गरिएको जनाएको छ । यो निर्णयपछि पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडादर १३ र तराईमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर १५ प्रतिशतले बढेको छ ।

अब इन्धनको मूल्य ५ प्रतशितभन्दा धेरैले घटबढ भएमा सो अनुसार स्वचालित प्रणालीबाट भाडा समायोजन हुने छ जनाएकाे छ।

सुँचि सहित

प्रकाशित : २० चैत्र २०७८, आईतवार १७:२९