नेप्सेमा तिन कम्पनीको बोनस शेयर सूचीकृत,कस्को कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा तिन कम्पनीको बोनस शेयर सूचीकृत,कस्को कति ?



काठमाडौं । नेप्सेमा मंगलवार तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नबिल बैंक, एक्सेल डेभलपमेण्ट बैंक र स्वभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

नबिल बैंकको ४ करोड ६५ लाख १७ हजार ३५५ दशमलव ८९ कित्ता,एक्सेलको ९ लाख ७३ हजार ३४५ दशलमव ४६९७ कित्ता र स्वाभिमान लघुवित्तको २ लाख ९७ हजार ३२१ दशलमव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

नबिल बैंकले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३३ दशलमव ६० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी एक्सेल डेभलपमेण्ट बैंकले असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर र स्वाभिमान लघुवित्तले पुस ८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३२ दशलमव ३० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलवार १६:२९