लगानी बोर्ड र एफएनसीसीआई लगानी प्रर्वद्धनमा सहकार्य गर्न सहमत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

लगानी बोर्ड र एफएनसीसीआई लगानी प्रर्वद्धनमा सहकार्य गर्न सहमत



काठमाडौं । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रर्वद्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी वोर्ड नेपाल बीच आज काठमाडौंमा एक समझदारीपत्र मा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन शर्माको समुपस्थितिमा भएको उक्त समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वोर्डका प्रमुख कार्यकारि अधिकृत सुशिल भट्टले हस्ताक्षर गरे हुन ।

सहमती अनुसार अब महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सहायता कक्षसमेत स्थापना गरिने छ । सहायता कक्षको संचालनमा वोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, शीप विकास र ज्ञानको आदानप्रदानमा सहयोग गरिनेछ ।

उक्त समझदारी अनुसार महासंघले राष्ट्रको आवश्यकता अनुसारका लगानी परियोजनाको पहिचान, अन्तराष्ट्रियरुपमा आफनो माध्यम मार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा वोर्डलाई सक्रियतापूर्वक सहयोग गर्ने छ । त्यसैगरी महासंघले स्वदेश तथा विदेशमा लगानी सम्बन्धी रोड सोका अतिरिक्त महत्वपूर्ण गतिविधिको आयोजनामा सहयोग गर्ने छ ।

त्यसैगरी लगानी प्रवद्र्धनका दिशामा सार्वजनिक निजी साझेदारीको अवधारणाभित्र रही दुवै संस्था निरन्तर सहकार्य, लगानी सम्बन्धी ज्ञान, अनुुभव एवं सूचनाको आदानप्रदान, नीतिगत सुधारमा सहकार्य गर्ने छन् । त्यसैगरी , एफडीआई तथा लगानी प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आयोजना हुने सभा, सम्मेलन, प्रर्दशनी, गोष्ठी, कार्यशाला, तालीम र यस्तै प्रकारका अन्य गतिविधिहरुको आयोजनामा महासंघले वोर्डलाई प्रत्यक्ष सहयोग पुुरयाउने छ बताएका छन् ।

महासंघको अन्तराष्ट्रिय लगानी प्रर्वद्धन समितिले लगानी प्रर्वद्धनका लागी तयार गर्ने सवै दस्तावेजहरुमा वोर्डले पनि सहयोग गर्ने छ । साथै दुवै संस्थाले लगानी सम्बन्धी तथ्याक, प्रतिवेदन, संयुक्त रुपमा तयार पारिएका प्रतिवेदनहरु, वाह्य लगानी आकर्षणमा देखा परेका चुनौती तथा अवसरहरु र सार्वजनिक निजी साझेदारीमा लगानी सम्बन्धी नीति पैरवी लगायतमा सहयोग, सहकार्य, आदान प्रदान गर्नेछन् ।
महासंघले लगानीका अवसर सम्बन्धी डाइरेक्टरीको तयारीमा पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले सवै प्रकारका लगानी, परियोजना विकास लगायतमा संयुक्त रुपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछन् ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथि एवं वोर्डका उपाध्यक्ष अर्थमन्त्री जनार्दन शर्माले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रर्वद्धनका लागि वोर्ड र महासंघ बीचको समझदारी एउटा अनुपम उदाहरण भएको र समझदारीमा उल्लेख गरिएका सहमतीका दफाहरुलाई दुवै संस्थाले अधिकतम सफल पार्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।

उनले यो सहमतीबाट सिंगो राष्ट्रनै लाभान्वित हुने पनि बताए । सरकारले आन्तरिक एवं वाह्य सवै प्रकारको लगानी आकर्षणमा विशेष जोड दिएको वताउँदै लगानी गर्न आउनेलाई हामीले प्रतिफलको पनि स्पष्ट खाका दिनुसक्नुपर्ने सुुझाव दिए । लगानीका लागि गरिएको प्रतिवद्धता अनुूरुप लगानी आउन नसक्नुका पछाडी मिहिन ढंगले अध्ययन गरी प्रतिवद्धता अनुरुपको अधिकतम लगानी भित्रयाउन सरकार लागी रहेको पनि उनले बताए ।

लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बोर्ड र महासंघबीचको समझदारी ऐतिहासिक भएको बताए । लामो गृहकार्य पश्चात सम्पन्न समझदारीपत्र हस्ताक्षर कार्यक्रम एउटा ऐतिहासिक शुरुवात भएको भन्दै सहमतीलाई सफल पार्न वोर्डले कुनै कसर वांकी नराख्ने भन्दै महासंघबाट पनि आफूले पूर्ण सहयोग पाउने विश्वास प्रकट गरे ।

दुवै संस्थाको एउटै उद्देश्य मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवद्र्धनका माध्यमबाट आम नेपालीहरुको मुहार खुशी बनाउनुु नै रहेकाले यसलाई अधिकतम रुपमा सफल पार्नेमा विश्वास दिलाए ।

महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रर्वद्धनमा समझदारी कोशेढुंगा हुने विश्वास व्यक्त गरे । अध्यक्ष गोल्छाले समझदारीले लगानी वोर्डसंग लगानी प्रवद्र्धनमा सहकार्य गर्ने ढोका खुुलेको बताएका छन् ।

महासंघको सचिवालयमा बोर्डको समेत संलग्नता र सहयोगमा खुल्ने सहायता कक्षले ठोस परिणाम दिने पनि उनले विश्वास प्रकट गरे । महासंघले अगाडी सारेको राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्रलाई सफल पार्न पनि आजको प्रतिवद्धताले सहयोग पुर्याउने छ, उनले भने । अध्यक्ष गोल्छाले यो सहकार्यका लागि नेपाल सरकार, लगानी वोर्डलाई धन्यवाद समेत दिएका छन् ।

हस्ताक्षर कार्यक्रममा लगानी वोर्डका सदस्य एवं महासंघका निवर्तमान अध्यक्ष भवानी राणा र वोर्डका सहसचिव भगवान अर्यालले वोर्ड र महासंघ बीचको समझदारीबाट मुुलुकभित्र लगानी प्रर्वद्धनका लागि एउटा नयां अध्यायको शुरुवात भएको भन्दै सफलताको शुुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई, महासंघको अन्तराष्ट्रिय लगानी प्रर्वद्धन समितिका सभापति आनन्द वगाडिया, कार्यकारिणी समितिका सदस्यहरु, महासंघ र लगानी वोर्डका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।

प्रकाशित : १३ चैत्र २०७८, आईतवार १६:४३