सुनचाँदीको मुल्य फेरि बढ्यो, कति पुग्यो तोलाको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य फेरि बढ्यो, कति पुग्यो तोलाको ?



काठमाडौं । बिहिबार सुनचाँदीको मुल्यमा फेरि बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ११ सय रुपैंयाले बृद्धि भएको हो।

बिहिबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख ३ सय रुपैयाँ र तेजाबी सुनको मुल्य ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ।अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार २ सय रुपैंया थियो ।

त्यसैगरी, बिहिबार चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय ७५ रुपैया कायम भएको छ।

प्रकाशित : १० चैत्र २०७८, बिहीबार ११:११