मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्गलाई धितोपत्र बोर्डको डण्डा, ७५ हजार जरिवाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्गलाई धितोपत्र बोर्डको डण्डा, ७५ हजार जरिवाना



काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्गलाई ७५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (२) को खण्ड (ठ) विपरित कार्य गरेको देखिएकोले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम ७५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (१) को “ग्राहकको लागि धितोपत्रको कारोबार गर्न कारोबार सदस्यले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ बमोजिमको ग्राहक पहिचान प्राप्त गरी ग्राहकसंग कारोबार सम्झौता गर्नु पर्नेछ” व्यवस्था अनुरुप नगरेको बोर्डको ठहर छ ।

बोर्डले सोही विनियमको उपविनियम (२) को “उपविनियम (१) बमोजिमको सम्झौतामा समावेश गर्नुपर्ने विषयहरुमा अन्य व्यवस्थाहरुको अतिरिक्त खण्ड (ठ) मा कारोवार सदस्य र लगानीकर्ता बिचमा लिन दिन बाँकी रकमबाट सृजित दायित्व वा प्रतिफल सम्बन्धी विषय पनि उल्लेख हुनुपर्ने” व्यवस्था विपरित सम्झौता नगरी आफु खुसी १३ प्रतिशत देखि १८ प्रतिशत सम्म व्याज असुल उपर गरेको देखिएकोले कारबाही गरिएको बोर्डले जनाएको छ ।

प्रकाशित : 23 March, 2022 5:41 pm