आइएमई र मिदासबीच सहकार्य,कक्षा १ देखि १० सम्म निशुल्क ई-लर्निङको ब्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई र मिदासबीच सहकार्य,कक्षा १ देखि १० सम्म निशुल्क ई-लर्निङको ब्यवस्था



काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रबद्धित नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमई र विगत दुई दशकदेखि विद्यार्थीहरुको सिकाईलाई र्ई-लर्निङ मार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेशन प्रा.लि सँगको सहकार्यमा र्ई-लर्निङ प्रवद्धन अभियान सुरु गरेको छ । सोही अभियान ८ चैत्र २०७८ देखि ३१ बैशाख २०७९ सम्म जम्मा ५४ दिनको लागि लागु गरिएको छ ।

यस अभियानमा, नेपालमा सफलतापूर्वक विदेशबाट आइएमई मार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ ।

लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त लिङ्गमा क्लिक गरेर मिदास ई -क्लास सरलीकरण शिक्षा एप इन्सटल गर्न सक्नुहुनेछ । एप डाउनलोड गरिसकेपछि, प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्ने र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र निशुल्क पढ्न पाउने बताएको छ ।

सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक/शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन् । तर ई-क्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ । अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ । मिदास ई – क्लासमा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुदै जान्छ भन्ने विश्वासका साथ सोही अभियान सुरु गरिएको हो कम्पनीले जनाएको छ ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार १४:३६