एनएमबिको सहुलियतपूर्ण ऋण , १५६ जना उखु किसान लाभान्वित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबिको सहुलियतपूर्ण ऋण , १५६ जना उखु किसान लाभान्वित



काठमाडौँ । एनएमबि बैंकले मधेश प्रदेशका उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै प्रदेश २ मा हालसम्म १ सय ५६ जना उखु किसानलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ ।

बैंकले उखु किसानलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता गरेको थियो । सम्झौता अनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेती गर्न प्रोत्साहान गर्दै किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो साथै सुगर मिल्ससँग सहकार्य गरी किसानको उखु खेतीलाई आवश्यक अन्य विभिन्न प्राविधिक सहयोग पनि गर्दै आएको जनाएको छ ।

कर्जा प्रवाह भएपछि हालसालै बैंकले गरेको स्थलगत निरीक्षणमा अधिकांश किसानको जीवनस्तर परिवर्तन भएको र किसानले उखु बिक्रीबाट लाभान्वित भई बैंकको कर्जा समेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको पाइएको छ । चिनी उद्योगमा उखुको माग हुँदा हुदै पनि कर्जा नपाउँदा उखु खेती गरी उत्पादन बढाउन नसकेका किसानहरुले, बैंकले सहुलियपूर्ण कर्जा उपलब्ध गराएपछि आफूलाई प्राथमिकतामा राखी सहुलियतपूर्ण कर्जा बैंकले प्रवाह गरेको महशुस गरेका छन् ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

प्रकाशित : ८ चैत्र २०७८, मंगलवार १६:०८