नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल लाइफ इन्स्योन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १४ प्रतिअशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०८५.०९ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२३७ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले चैत्र २१ गते बिरगंजको होटेल भिष्वामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७६/ ७७ को मुनाफाबाट १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७३६८ प्रतिशत नगद रहेको छ। साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा उक्त लाभांश वितरण हुनेछ।

प्रकाशित : ७ चैत्र २०७८, सोमबार १०:४७