प्रभु लाइफ इन्स्योरेन्सको चाैथो साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु लाइफ इन्स्योरेन्सको चाैथो साधारणसभा सम्पन्न



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । सम्पन्न साधारणसभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरेको छ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू पारित गरिको छ ।

चौथो वार्षिक साधारण सभाले सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिलप्रसाद श्रेष्ठको नियुक्ति अनुमोदन गरेको छ । साथै सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा शंकर गौतम र दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।

होटल रेडिसन काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न साधारणसभा सेयरधनीहरूलाई लाभांश वितरण भने गरेको छैन ।

प्रकाशित : 20 March, 2022 5:25 pm