काठमाडौं, १ कातिक । दशैंको विदामा चन्द्रागिरिमा बढ्दो चापसँगै टिकटकै लागि लाईन बस्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आम सेवाग्राहीको सेवाको लागि उपत्यका भित्रका २४ आईएमई सेन्टरबाट लिन सकिने व्यवस्था मिलाईएको छ ।
आईएमई सेन्टरहरुले नेपाली नागरिकहरुलाई मात्र टिकट विक्रीगर्न सक्नेछन । यसरी विक्री भएका टिकटको वैधता तीन महिना सम्ममात्र हुने आईएमईले जनाएको छ ।
आईएमईले नेपालभरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।
Comment