अपि पावर कम्पनीले हकप्रदका लागि तोक्यो बुक क्लोज मिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अपि पावर कम्पनीले हकप्रदका लागि तोक्यो बुक क्लोज मिति



काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । संचालक समितिको ४ गते शुक्रबार बसेको बैठकले चैत १४ गते बुक क्लोज मिति तोकेको हो ।

साथै , चैत १३ गतेसम्म कायम शेयरधनीले मात्रै हकप्रद सेयरमा आवेदन दिन सक्नेछन । कम्पनीले चुक्ता पूँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैंया बराबरको १ः०.३९३६ को अनुपातमा रु. १०० रुपैयाँ अंकित दरकोे १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएकोे छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार १६:२५