सिटिजन लाईफद्वारा एकै दिन १८०० बिद्यार्थीलाई बीमा शिक्षा प्रदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन लाईफद्वारा एकै दिन १८०० बिद्यार्थीलाई बीमा शिक्षा प्रदान



काठमाडौँ । सिटिजन लाईफ इन्स्योरेन्सले प्रदेश न ३, ४ र ५ मा एकै दिन बिभिन्न स्कुल कलेजका करिव १८०० बिद्यार्थी ‘बिद्यार्थीसंग बीमा’ कार्यक्रम संचालन गरेको छ ।

आजका विद्यार्थी भोलिका कर्णधार हुन्, उनीहरुले बीमा बारे ज्ञान हासिल गरेमा यस प्रति उनिहरुको आकर्षण बढ्ने र दीर्घकालीन रुपमा जनशक्ति अभावलाई पूर्ति गर्न कोशेढुङा साबित हुने साथै बीमाबारे उनीहरु प्रस्ट हुँदा आफ्नो परिवार समाजलाई बुझाउन सक्ने र बीमाको सचेतना फैलाउन समेत सजिलो हुने हेतुले सुरु गरिएको ‘बिद्यार्थीसंग बीम’ कार्यक्रमले हाल देशब्यापी रुपमा निकै चर्चा बटुलेको छ ।

यसअघि पनि सिटिजन लाइफले यो जागरण अभियान लाई निरन्तर रुपमा गर्दै आइरहेकोमा आज एकै दिन २० वटा कलेजमा गइ सो अभियान संचालन गरेको भने यो पहिलो पटक हो ।

समृद्धि तपाईको साथ हाम्रो भन्ने मुल नारा सहित सफल लगानिकर्ता, दुरदर्शी एव्ं दक्ष म्यानेजमेन्ट टिम, राष्ट्रका गहनाको रुपमा पृथक पहिचान बनाउनु भएका ब्राण्डएम्बास्डर मह जोडी, नेपाल मै पहिलो पटक जारी गरिएका नविनतम बीमा योजनाहरु , २० घातक रोगमा ५० लाखसम्मको उपचार खर्च, सिटिजन स्वरोजगार अभियान, गुरु सम्मान कार्यक्रम, लगायत का कार्यक्रम हरु ले कम्पनिको पहिचान पृथक बनाउनुको साथै आम सर्वसाधारणले समेत प्रशंसा गरिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले यस आर्थिक बर्षको माघसम्म आइपुग्दा १९ वटै कम्पनीमा आफुलाई टप ३ मा उभ्याउन सफल भएको रभोलिका दिनहरुमा समाजलाई बीमा सम्बन्धी सकारात्मक प्रभाव पार्ने थप नविनतम कार्यक्रमहरु गर्ने कम्पनीको योजना रहेको छ ।

प्रकाशित : ३ चैत्र २०७८, बिहीबार १५:२७