जनसचेतनद्धारा विद्यार्थीलाई सहकारी शिक्षा शिविर सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जनसचेतनद्धारा विद्यार्थीलाई सहकारी शिक्षा शिविर सञ्चालन



दोलखा । दोलखाको मैनापोखरीमा मुख्य कार्यलय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ। जिल्लाको मेलुङ गाउँपालिका स्थित सत्यश्वर मावीमा अध्यनरत विद्यार्थीहरुलाई सहकारी शिक्षा शिविर सञ्चालन गरेको हो ।

शिक्षा शिविरमा विद्यालयमा अध्यनरत कक्षा ८ देखि १२ सम्मका २२४ जना विद्यार्थीहरुलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता प्रदान गरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक गोपालध्वज श्रेष्ठले जानकारी दिए ।

तालिममा सहकारी शिक्षा,सहकारी संञ्चालनमा शुसासन, सदस्यको आर्थिक पछ्यौटेपनको निवारण, जनसचेतनको सुरक्षित बचतको अवधारणा लगाएतका बिषयमा प्रशिक्षण दिएको संयोजक श्रेष्ठले जानकारी दिए । तालिमको शिक्षा उपसमिति संयोजक गोपाल ध्वज श्रेष्ठ, जनसम्पर्क प्रमुख राजन दहालले सहजीकरण गरेका थिए ।

दोलखा र काठमाडौं उपत्यकासहित काभ्रेपलान्चोक समेत ५ जिल्ला कार्यक्षेत्र भएको जनसचेतनले दोलखाको मेलुङ गाउँपालिका वडा नं १ पवटी मा सेवा केन्द्र स्थापना गरि २ हजार ६ सय ४२ जना सदस्य मार्फत कारोबार गरिरहेको छ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार १५:१९