हिमालयन जनरल इन्स्यारेन्सको साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

हिमालयन जनरल इन्स्यारेन्सको साधारण सभा सम्पन्न



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी को २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय थापागाँउ काठमाडौमा सम्पन्न भएको हो ।

सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारितरेको छ भने आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारीत गरेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरेको थियो । बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १७ करोड पुगेको छ ।

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार २०:३७