मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्ती गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्ती गर्ने



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । यी दुई कम्पनीविच शुक्रवारनै प्राप्ती सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाका तर्फबाट अध्यक्ष टेकबहादुर बोहरा र बुद्धज्योती लघुवित्त वित्तीय संस्थाका तर्फबाट अध्यक्ष गोविन्द पाण्डेले हस्ताक्षर गरेका छन् । यी दुई कम्पनी एक भई मिर्मिरे लघुवित्त वित्तीय संस्थाकै नामबाट एकिकृत कारोबार गर्ने प्रारम्भिक सहमति भएको हो ।

प्रकाशित : २९ फाल्गुन २०७८, आईतवार १३:२७