रेमिट्यान्स आप्रवाहमा ४.९ प्रतिशतले कमी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

रेमिट्यान्स आप्रवाहमा ४.९ प्रतिशतले कमी



काठमाडौं । नेपाल राष्ट्र बैकले रेमिट्यान्सको बर्तमान तथा आर्थिक स्थितीको विवरण सार्वजनिक गरेको छ । बैकले आर्थिक बर्ष २०७८/७९ को सात महिनाको तथ्याङ्गकमा आधारित रहेर विवरण सार्वजनिक गरेको हो ।

समिक्षा अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई रु.५४० अर्ब १२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।


त्यसैगरि,अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैकको तथ्याङ्गक अनुसार समिक्षा अवधिमा वैदेशिक रोजगारिका लागि अन्तिम श्रम स्विकृति (संस्थागत तथा व्यक्तिगत – नयाँ तथा वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएर दुई लाख एक सय दुई पुगेको छ । यो संख्या अघिल्लो बर्षको सोहि अवधिमा ७३ .१ प्रतिशतले घटेको थियो ।


समीक्षा अवधिमा खुद ट्रान्सफर ४.२ प्रतिशतले कमी आई ६ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार १५:०७