नेपाल निर्माण व्यवसायीको साधारण सभा तथा अधिवेशन फागुन २७ गते देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

नेपाल निर्माण व्यवसायीको साधारण सभा तथा अधिवेशन फागुन २७ गते देखि



काठमाडौं । नेपाल निर्माण व्यवसायीको साधारण सभा तथा अधिवेशन यहि फागुन २७, २८ र २९ गते हुने भएको छ । महासंघको २३ औं साधारण सभा तथा १२ औं अधिवेशन काठमाडौंको कमलादि स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको हो ।

महासंघको साधारण सभता तथा अधिवेशन प्रधानमन्त्री शेरवहादुर देउवाले उद्धघाटन गर्ने गर्ने तयारी रहेको छ । कार्यक्रममा देशभरबाट १२ सय प्रतिनिधि र १२ सय पर्यपेक्षकको सहभागिता रहने महासंघको भनाई रहेको छ ।

अधिवेशनले आगामी समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव ९१० उपमहासचिव ९२० कोषाध्यक्ष र सहकोषाध्यक्ष सहित ४६ पदमा निर्वाचन हुनेछ । कार्यक्रम सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरु गठन गरिएका छन् ।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार १५:०८