जानकी टेक्नोलोजीले एसएमएस सेवा मार्फत स्वास्थ्य सेवा सक्षम बनाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जानकी टेक्नोलोजीले एसएमएस सेवा मार्फत स्वास्थ्य सेवा सक्षम बनाउने



काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जानकी टेक्नोलोजी (SPARROW SMS) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गतिविधिहरुका लागि एक एक पाइला फाउन्डेसनसँग सम्झौता गरेको छ ।

एक एक पाइला नेपालको स्वास्थ्य अवस्था सुधार गर्न काम गर्ने समान विचारधारा भएका व्यक्तिहरूको समूह हो।

एक एक पाइला ले बिशेषत नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

एक एक पाइला फाउन्डेसनका संस्थापक डा. सुमन शमशेर थापा र जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।

जानकी टेक्नोलोजीले SPARROW SMS मार्फत विभिन्न माध्यमबाट सर्वसाधारण जनतामा फाउन्डेसनको सेवा तथा जानकारी प्रवर्द्धन गर्न एक एक पाइला सँग सहकार्य गर्ने छ ।

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलवार १७:३४