एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा



काठमाडाैं । एनएलजी इन्स्योरेन्स कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १७ गते बिहिबार काठमाडौँको आम्रपाली ब्यान्क्वेटमा आर्थिक वर्ष ७७/७८ साधारणसभा गर्न लागेको हो ।

सभामा लाभांशसहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा कम्पनीको लाभांश पाउन सक्ने छन् ।

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलवार ११:४०