सुन चाँदीको मुल्यमा वृद्धि,कति पुग्यो तोला को ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुन चाँदीको मुल्यमा वृद्धि,कति पुग्यो तोला को ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार एक हजार १०० रुपैंयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलामा १ हजार १०० रुपैंयाले बढेर एक लाख तीन हजार रुपैंयामा कारोबार भएको हो ।

अघिल्लो दिन (आइतबार) छापावाल सुन तोलाको एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरि, तेजावी सुनको मूल्य सोमबार प्रतितोला एक लाख दुई हजार ५०० रुपैंया रहेको छ । यता चाँदीको मुल्यमा पनि प्रतितोला १० रुपैंयाले बढेर सोमबार एक हजार चार सय २५ रुपैंयामा कारोवार भएको महासंघले जनाएको छ ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार १२:४०