कृषिको समावेशी रुपान्तरणका लागि मूल्य शृंखला परियोजनाको सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कृषिको समावेशी रुपान्तरणका लागि मूल्य शृंखला परियोजनाको सुरु



काठमाडाैं । नेपाल सरकार, अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) बीच गत असोजमा भएको सम्झौताबमोजिम ६ वर्षका लागि सञ्चालन हुने कृषिको समावेशी रुपान्तरणका लागि मूल्य शृंखला परियोजना कार्यक्रमको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव तथा कार्यक्रमका प्रमुख अतिथि बैकुण्ठ अधिकारीले तिलोत्तमास्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा फागुन २२ गते एक कार्यक्रमबीच विधिवत शुभारम्भ गरेका छन्।

हालैका दिनमा नेपाल सरकारले कृषि लगानीका लागि अगुवा बैंकका रुपमा परिभाषित गरेको, किसान कार्ड/एप्स जारी गरिरहेको, कृषि बन्ड जारी गरी स्रोत संकलनमार्फत कृषि क्षेत्रमा वित्तीय सहयोग पुर्याउँदै आएको कृषि विकास बैंकलाई उक्त कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारमार्फत आईएफएडीबाट आगामी ६ वर्षभित्र लगानी गर्ने गरी करिब ८० मिलियन अमेरिकी डलर सहुलियत वित्तीय ऋण सहयोग उपलब्ध हुनेछ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार ०९:५३