सुनको मूल्य तोलामै एक लाख नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मूल्य तोलामै एक लाख नाघ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य तोलामै एक लाख नाघेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार ९ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ४ सय रहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १४१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित : २२ फाल्गुन २०७८, आईतवार १२:५१