आइएमई जनरल इन्स्योरेन्सको हकप्रद आजदेखि निष्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद आजदेखि निष्कासन



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आजदेखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

उक्त हकप्रद शेयरमा आवेदकले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २७ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १५ करोड रहेको छ । ४० प्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६२ करोड पुग्नेछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यस हकप्रद शेयरमा आवेदकले ग्लोबल आइएमई क्यापिटल र आईएमई जनरल इन्स्योरेन्स कम्पनीका उपत्यका बाहिर र भित्रका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् ।

साथै मेरो शेयर एपमार्फत् पनि हकप्रद शेयरमा आवेदन दिन सकिने छ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आइआर त्रिपलबि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा सुरक्षित रुपमा मध्यम जोखिम रहेको देखाउँछ ।

प्रकाशित : २२ फाल्गुन २०७८, आईतवार १०:५७