पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि,पेट्रोल लिटरको १५० पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि,पेट्रोल लिटरको १५० पुग्यो



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ ।

प्रकाशित : १९ फाल्गुन २०७८, बिहीबार २१:४७