नर्भिकले बा“झोपन र स्त्री रोगको निशुल्क शिबिर गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नर्भिकले बा“झोपन र स्त्री रोगको निशुल्क शिबिर गर्ने



काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्र्तगतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिवार बृहत निशुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ ।

बरिष्ठ स्त्री रोग तथा बा“झोपन बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले आगामी शनिवार बिहान १० देखी ४ बजेसम्म बिरामीहरुको बा“झोपन तथा स्त्री रोगसम्बन्धमा निशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको छ ।


नेपाली समाजमा बा“झोपनको समस्या बिकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पहु“चलाई अभिवृद्वि गर्ने उद्देश्यले एकदिने निशुल्क स्वास्थ्य शिबिर गर्न लागिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।


शिबिरमा निशुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै टिभिएसमा २० प्रतिशत छुट तथा ल्याब परीक्षणमा १० प्रतिशत छुटको अफर समेत ल्याइएको सीइओ मिश्राले बताएका छन् । शिबिरमा सहभागी भएका बिरामीको परीक्षणमा शल्यक्रिया गर्नुपर्ने भए स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीलाई अप्रेशन शुल्कको सम्म छुट दिइने अस्पतालले जनाएको छ ।
नर्भिक अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विशेष पर्व, उत्सव तथा दिनहरुमा स्वास्थ्य जाच लगायतका सेवाहरुमा छुटको अफर यसअघिदेखि नै सार्वजनिक गर्दै आएको छ ।


यस्तै, नर्भिकले विगत लामो समयदेखि प्रत्येक शनिवार कुनै विशेषज्ञ चिकिसत्क नेतृत्वको टिमलाई परिचालन गरी निःशुल्क ओपिडी अभियान समेत संचालन गर्दै आएको छ । निःशुल्क ओपिडी पछिल्लो समय सर्वसाधारणमा निकै लोकप्रिय रहेको छ ।

प्रकाशित : १८ फाल्गुन २०७८, बुधबार १२:४९