डा. दर्लामीको नेृतत्वमा चुनावमा होमियो सिडेनको लोकतान्त्रिक समूह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

डा. दर्लामीको नेृतत्वमा चुनावमा होमियो सिडेनको लोकतान्त्रिक समूह

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)को केन्द्रिय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि डा.हरिबहादुर दर्लामी नेतृत्वको सिडेनको लोकतान्त्रिक समूह निर्वाचनमा होमिएको छ । इन्जिनियरहरुको छाता संगठन नेइएको ३३औं केन्द्रिय कार्यकारिणी समिति,दोस्रो बाग्मती प्रदेश समिति र इन्जिनियरिङ परिषद् सदस्यहरुको निर्वाचन फागुन २७ र २८ गते हुँदैछ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक रहेका दर्लामी नेतृत्वको सिडेनको समुहमा उपाध्यक्षमा डा.नारायणप्रसाद अधिकारी, महासचिवमा रविभूषण झा,उपमहासचिवमा सरोज धिताल,कोषाध्यक्षमा दिनेश त्रिपाठी र सहकोषाध्यक्षमा दिपक अधिकारी उमेदवार छन् । “इञ्जिनियरहरुको सम्मान, पेशागत सुरक्षा, इन्जिनियरहरुको अलग्गै प्रशिक्षण प्रतिष्ठान स्थापना गर्नका लागि एसोसियसनमा हाम्रो नेतृत्व जरुरी छ,” अध्यक्षका उमेदवार दर्लामीले भने, “अहिलेको कार्यसमितिले इन्जिनियहरुका समस्यामा कति काम गर्यो ? जगजाहेर छ ।

नेइएमा सिडेनको नेतृत्व हुँदा भएका काम पनि सबैलाई थाहा छ । हामी इन्जिनियरहरुको पेशागत क्षमतासँगै नेइएको संस्थागत विकासका लागि प्रतिवद्ध छौं ।” दर्लामी नेतृत्वको समितिको सदस्यहरुमा इन्जिनियहरु सुरज चापागाईं,सागर भट्टराई,विनोद बहादुर पाल,कुशलता न्यौपाने,अनुपम पराजुली, निशान नेपाल,ईश्वर पोख्रेल,मनिष मल्लिक,अशेष निरौला,हरिनारायण राय यादव, खुमबहादुर भण्डारी र विद्या बराल उमेदवार छन् । त्यस्तै, नेपाल ईन्जिनियरिङ परिषद्का सदस्यमा होमनाथ पोखे्रल पोषण थापा, राजन लामा,भरत रेग्मी र हरिराम दुवाडी उमेदवार छन् ।

बाग्मतीमा पौडेल नेतृत्वमा टिम सिडेनले बाग्मती प्रदेशको कार्यकारिणी समितिका लागि इन्जिनियर रोहिणी पौडेललाई सभापतिमा अघि सारेको छ । क्षमतावान र उर्जाशिल पौडेल नेतृत्वको समितिको उपाध्यक्षमा सुरेन्द्र कैनी,सचिवमा दिनेश न्यौपाने,सहसचिवमा डा.विजय थापा र कोषाध्यक्षमा विपिन भुषाल छन् । त्यस्तै सदस्यहरुमा ओशन थापा मगर,प्रमोद महत,प्रल्हाद बस्नेत, रोहित पौडेल,चिरञ्जिवी खतिवडा, वृजेश सिंह,गौरव पौडेल,दिराज थापा,राकेश भट्टराई र प्रविण क्षेत्री छन् । “नेइएमा काम गरेर रुपान्तरणको पक्षमा हामी छौं । त्यसैले हाम्रो उर्जाशिल युवा टिमलाई जिताउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं,” अध्यक्षका उमेदवार पौडेलले भने । बाग्मती प्रदेश नेइएको सबैभन्दा धेरै सदस्य भएको प्रदेश हो । त्यस्तै बाग्मती बाट केन्द्रिय सदस्यमा सुव्रत अर्याल उमेदवार छन् ।

प्रकाशित : १८ फाल्गुन २०७८, बुधबार ११:५७ 2 March, 2022 11:57 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।