हाइफ्युचरको फ्युचरफिट इभो,पल्स र कलरबडहरु नेपाली बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हाइफ्युचरको फ्युचरफिट इभो,पल्स र कलरबडहरु नेपाली बजारमा



काठमाडौं । प्रिमियम सेगमेन्ट सफल रुपमा सार्वजनिक गरेपछि हाइफ्युचर एशियाली बजार तथा हालसालै नेपालमा इन्ट्री लेभल बजेट सेगमेन्टमा प्रवेश गरेको छ।

हाइफ्युचरले हालै आफ्नो उत्पादनको संग्रहमा तीन नयाँ उत्पादन: स्फ्युचरफिट इभो स्मार्टवाच, फ्युचरफिट पल्स स्मार्टवाच तथा कलरबड थप गरेको छ।
फ्युचरफिट इभो स्मार्टवाच बेजल-फ्री डिस्प्ले तथा विशिष्ट अनुभव दिने शानदार एरोस्पेस ग्रेड अलुमिनियम अलोय केशसहितको डिजाइनमा उपलब्ध छ। यसको क्लासिक डिजाइन सबैखाले कपडाहरु तथा सबैखालको अवसरहरुका लागि सुहाउँदो रहेको छ।


यसमा बिल्ट-इन हार्ट रेट मनिटर तथा ब्लड अक्सिजन लेभल ट्रयाकर पनि रहेको छ। समग्रमा फ्युचरफिट इभो सुपथ मूल्यको पनि छ।
स्पेसिफिकेशन तथा मूल्य :

फ्युचरफिट पल्स स्मार्टवाच हाइफ्युचरको आकर्षक आविस्कार हो। यसका फिचरहरुमा १.६९ इन्चको बेजल-फ्री एचडी एलसीडी डिस्प्ले तथा एरोस्पेश ग्रेड अलुमिनियम अलोय हुन्। यसको बडी अल्ट्रा थिन अर्थात् ९.७ एमएमको ज्यादै पातलो छ। यसबाहेक यसमा इन-बिल्ट हेल्थ ट्र्याकर तथा स्लीप मनिटर पनि रहेको छ। अन्य स्मार्टवाचमा जस्तै फ्युचरफिट पल्सको मूल्य पनि सुपथ नै रहेको छ।
स्पेसिफिकेशन तथा मूल्य:

कलरबड्स हाइफ्युचरको शानदार इयरबडको संग्रहमा एउटा नयाँ संस्करण हो। यी इयरबडहरु जीवनशैलीलाई अझ जीवन्त बनाउनका लागि अनगिन्ति रंग संयोजनमा उपलब्ध छन्। कलरबड्समा १५ घण्टाको लामो ब्याट्री ब्याकअप, गुणस्तरीय कनेक्टिभिटी, पर्फेक्ट फिट-इन इयर तथा आईपीएक्स५ वाटर रेजिस्टेन्स प्रविधि उपलब्ध छ। यी सुपथ मूल्यका इयरबडहरु ब्रिलियन्स र स्टाइलको सटिक संयोजन हो।
स्पेसिफिकेशन तथा मूल्य:



प्रकाशित : १८ फाल्गुन २०७८, बुधबार १२:२२