नेपाल पर्वतारोहण संघद्वारा ३ हजार पर्वतारोहीलाई राहत वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नेपाल पर्वतारोहण संघद्वारा ३ हजार पर्वतारोहीलाई राहत वितरण



काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले पर्वतारोहीलाई राहत सामग्री वितरण गरेको छ । एनएमएले जापानको द निप्पोन फाउण्डेशनको आर्थिक सहयोगमा आज ३ हजार पर्वतारोहीलाई राहत सामग्री वितरण गरिएको हो ।

एनएमएले प्रत्येक पर्वतारोहीलाई दुई बोरा चामल, दुई लिटर तेल, दुई केजी नुन, ५ केजी दाल लगायतका सामग्रीहरु वितरण गर्यो । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी, विश्व कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पा, एनएमएका द्वितीय उपाध्यक्ष र सगरमाथा आरोही संघको अध्यक्ष माया शेर्पा, काठमाडौं महामनगरपालिका वडा नम्बर १ का कार्यवहाक अध्यक्ष अशोककुमार श्रेष्ठ, द निप्पोन फाउण्डेशनका डिरेक्टर वाडा माकोटो र एनएमएका अध्यक्ष सन्तवीर लामाले राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

एनएमएका अध्यक्ष लामाले कोभिड–१९का कारण समस्यामा परेका पर्वतारोहीहरुलाई राहत सामग्री वितरण गर्दै कोरोना महामारीका कारण समस्या परेका आरोहीलाई राहत सामग्री उपलब्ध गराउन शुरु गरेको बताए । उनले ढिलो गरेर शुरू भए पनि पर्यटन मजदुरको लागि भइरहेको सहयोग धेरै राम्रो भएको बताए ।

द निपोन फाउण्डेशनले विगतदेखि ३ हजार पर्वतारोहीको लागि रिलिफ फण्डको लागि कार्यक्रम तयार गरेको र आज पहिलो दिन नेपाल पर्वतारोही संघकै प्रांगणमा शुरुवात गरेको लामा अध्यक्षले बताए ।

त्यस्तै, एनएमएका द्वितीय उपाध्यक्ष र सगरमाथा आरोही संघको अध्यक्ष माया शेर्पाले द निप्पोन फाउण्डेशनको सहयोगमा राहत वितरण एकदमै राम्रो कार्य भएको बताइन् । कोभिड–१९ कारणले गर्दा हिमाल आरोहीहरुलाई जुन समस्या परेको छ, त्यसको लागि राहत दिन पाउँदा निकै खुसी र द निप्पोन फाउण्डेशनलाई धन्यावाद दिन चाहान्छु, शेर्पाले भनिन् । द निप्पोन फाउण्डेशनले एनएमएका अध्यक्ष लामाको पहलमा यो कार्य आज आएर सफल भएको शेर्पाले बताइन् ।

प्रकाशित : १६ फाल्गुन २०७८, सोमबार १७:४२