आठ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आठ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) ८ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले फागुन १८ गते जारी गर्न लागेको २८ दिने र ९१ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो चैत १५ गते परिपक्व हुनेछ।

यसैगरी राष्ट्र बैंकले ९१ दिने ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल भने २०७९ जेठ १७ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

प्रकाशित : १६ फाल्गुन २०७८, सोमबार १२:०१