देशभरका निर्माण व्यवसायी एकतावद्ध हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

देशभरका निर्माण व्यवसायी एकतावद्ध हुने



काठमाडौ । देशभरका निर्माण व्यवसायीहरुलाई एकतावद्ध गराए लाने योजना स्काई इन्टरनेशनल ग्रुपले गरेको छ । त्यसका लागि ग्रुपले ध्याम्पेडाँडा रिसोटमा एक बैठकको आयोजना गरेको छ । बैठकमा चरिकोट, रामेछाप, भकुण्डेबेसी, सिन्धुली, धुलिखेल, पनौती, बनेपा, काठमाडा,ै पाटन र भक्तपुरका करिब ५० जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।


बैठकमा ग्रुपका प्रबन्ध निर्देशक शिव मानन्धरले वर्तमान अवस्थामा नयाँ सोच र नयाँ बिचारका साथ व्यवसायलाई अँगाली अगाडि जाने सोचका साथ संगठन विस्तार गर्न लागेको बताए । कार्यक्रममा प्रस्तावित डाइरेक्टर तथा प्रमुख कार्यकारी अधिकृत उमेश बरालले आफ्नो अनुभव र निर्माण सामग्री व्यवसाय जगतको वर्तमान अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए ।

ललितपुरका चर्चित व्यवसायी विकास बज्राचार्यले व्यवसायमा आएको उतारचढाव एवं वर्तमान अवस्थामा राम्रो र विचार मिल्ने व्यवसायीहरु एकताबद्ध भई अघि बढ्नुपर्ने विचार व्यक्त गरे । ग्रुपका सल्लाहकार युवकराज भण्डारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कीर्तन अवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । गु्रपको आगामी बैठक चितवनको नारायणगढमा आयोजना गर्ने भएको जनाएको छ ।

प्रकाशित : १५ फाल्गुन २०७८, आईतवार १८:३३