सानिमा बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम हस्तान्तरण



काठमाडौँ । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ ।

यस बैंकका धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनकी श्रीमति(हकवाला) कमली पन्त ओझालाई सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम एक कार्यक्रमका बीच प्रदान गरिएको छ ।

बीमाको रकम श्रीमती कमली पन्त ओझालाई सानिमा बैंकका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्त रुपमा हस्तान्तरण गरे ।

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाख सम्मको ६ जटिल रोगको उपचार बीमा, रु. ५० हजारसम्मको औषधी उपचार बीमा, रु. १० हजार बराबरको ओपीडी सेवा र रु. ५ हजार सम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२३ वटा कार्यालय तथा १०३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रकाशित : १५ फाल्गुन २०७८, आईतवार १८:३२