सिद्धार्थ लगानी वृद्धि योजना १ को खुद सम्पतिको मुल्य ३० दशमलव ०८ प्रति इकाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ लगानी वृद्धि योजना १ को खुद सम्पतिको मुल्य ३० दशमलव ०८ प्रति इकाई



mutual-fund-696x440.jpg.pagespeed.ce.rAIN2RK9OZकाठमाडौं, १४ असोज  । सिद्धार्थ लगानी वृद्धि योजना १  को खुद सम्पतिको मुल्य साउन महिनाको अवधि भन्दा ४ दशमलव ५९ प्रति इकाई घटेर भदौ महिनाकमा ३० दशमलव ०८ प्रति इकाई रहेको छ । साउन महिनामा ३१ दशमलव ५३ प्रति इकाई रहेको थियो ।

सिद्धार्थ लगानी वृद्धि योजना १ ले १ अर्ब १९ करोड ९० लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा १ अर्ब ८ करोड ४४ लाख रुपैयाँ शेयर लगानी गरेको थियो ।

सिद्धार्थ लगानी वृद्धि योजना १ को आम्दानी ७३ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो महिनामा पनि ८ करोड ७८ लाख रुपैयाँ नोक्सानमा नै रहेकोे थियो । खर्चमा भने ९२ दशमलव ७६ प्रतिशतले बढेर ६२ लाख रुपैयाँ रहेको छ । अघिल्लो महिनामा ३२कककक लाख रुपैयाँ रहेको थियो ।

सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा हाइड्रोपावरमा सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनीको ५० हजार ५ सय २७ कित्ता, वाणिज्य बैंकमा सबैभन्दा बढी मेगा बैंकको ३८ हजार ७ सय ४४ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी कैलाश विकास बैंकको २७ हजार ९ सय १० कित्ता, इन्स्योरेन्समा सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनीको २३ हजार ९ सय १२ कित्ता, र फाइनान्समा भक्तपुर फाइनान्स कम्पनीको ४ हजार १ सय ६७ कित्ता रहेका छन् ।

प्रकाशित : १४ आश्विन २०७३, शुक्रबार १०:०३