महालक्ष्मी विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महालक्ष्मी विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने



काठमाडौँ । महालक्ष्मी विकास बैंंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको स्थगित बीसौ वार्षिक साधारणले शुक्रबार यस्तो निर्णय गरेको हो । यसबाहेक बैंकले कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

प्रज्ञा भवन कमलादीमा शुक्रबार भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो ।

साधारणसभापछि बसेको सञ्चालक समितिको बैंकले राजेश उपाध्यायलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरेकोछ ।

प्रकाशित : १४ फाल्गुन २०७८, शनिबार १५:५०