राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँड



काठमाडाैं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ। कम्पनीले फागुन ४ देखि ८ गतेसम्म निष्काशन गरेको आइपीओ आज (बिहीबार) बाँडफाँड गरेको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी दिएको छ ।

आवेदन दिएका २५ लाख ८५ हजार २६१ आवेदक मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको थियो । २५ लाख ७९ हजार ४ सय २ जना योग्य आवेकलाई गरेको बाँडफाँटमा ७९ हजार ४५० जनाले १० कित्ता सेयर पाएका छन् । बाँकी आवेदनकको हात खाली भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड ५० लाख रूपैयाँको ८ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा १३ हजार कित्ता कर्मचारी, ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहीबार १६:०१