मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १३ दशमलव ३० प्रतिशत बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकले उक्त बोनस शेयर वापतको १० लाख ६० हजार ५११ दशमलव ३३ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट साविकको चुक्तापूँजी रू. ७९ करोड ७३ लाख ७६ हजारको आधारमा उक्त बोनस शेयर वितरण गरेको हो । बोनस पश्चात् कम्पनीको चुक्तापूँजी रू. ९० करोड ३४ लाख २८ हजार पुगेको छ । बैंकले बोनस शेयर कर प्रयोजनका लागि लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश समेत दिएकाले शेयरधनीहरुले कर तिर्नुपर्ने छैन् ।

बैंकको गत पुस २८ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले यस वर्षको लाभांश पारित गरेको थियो । धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् बैंकले सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गर्नेछ । बिहीवारदेखि कारोबारयोग्य हुने बैंकको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार १७:०७