नेप्सेले सुचिकृत कम्पनीसँग माग्यो ३० भन्दा बढी विवरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

नेप्सेले सुचिकृत कम्पनीसँग माग्यो ३० भन्दा बढी विवरण



काठमाडाैं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गर्नको लागि विवरण माग गरेको छ । फागुन ८ गते एक सूचना जारी गर्दै नेप्सेले उक्त संस्थाहरुलाई आवश्यक विवरण बुझाउन माग गरेको हो ।

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ११ बमोजिम कम्पनीहरुको बर्गिकरणको लागि सबै कम्पनीसँग विवरण माग गरेको हो । विवरण प्राप्त भएपछि नेप्सेले कम्पनीहरुलाई ‘ए’, ‘वि’, ‘जि’ र ‘जेड’ वर्गमा वर्गिकरण गर्ने गरेको छ।

प्रकाशित : 21 February, 2022 10:51 am