अजोड ईन्स्योरेन्सको चाैथो साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अजोड ईन्स्योरेन्सको चाैथो साधारणसभा सम्पन्न



काठमाडौं । अजोड ईन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार साधारणसभा सम्पन्न गरेको कम्पनीले चालु आ.व. २०७८।०७९ को पुष मसान्तसम्म बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालयहरु, १० बीमा एक्टेन्सन काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।

थप २ शाखा ठमेल काठमाण्डौ, टोखा काठमाण्डौ र १ उपशाखा बाग्लुङ्गमा कार्यालय खोल्न श्री बीमा समितिबाट स्वीकृति प्रदान गरिएको छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारणबाट भएको असर ले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७७÷०७८ मा कुल बीमा शुल्क १ खर्ब ३१ अर्व आर्जन गरेको, खुद नाफा १० अर्ब २० करोड रुपैयाँ रहेको र बीमाकोषमा ११ अर्ब २१ करोड रुपैयाँ संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ४८.९८ प्रतिशत खुद नाफामा ६० प्रतिशत, ३३ प्रतिशत एवं बीमाकोषमा ७९.८२ प्रतिशतले वृद्धि हासिल गर्न सफल भएको छ ।

प्रकाशित : ६ फाल्गुन २०७८, शुक्रबार १७:५५