बैंक ब्याज सिंगल डिजिटमा नझारेसम्म विरोध जारी राख्ने परिसंघको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

बैंक ब्याज सिंगल डिजिटमा नझारेसम्म विरोध जारी राख्ने परिसंघको निर्णय



काठमाडाैं । नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले बैंक ब्याजलाई पूर्व भएको सहमति अनुरुप सिंगल डिजिटमा नझारेसम्म विरोध सहितको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नेपाल उद्योग परिसंघ प्रदेश नं १ का अध्यक्ष भीम घिमिरेको अध्यक्षतामा फागुन ५ गते सम्पन्न बैठकले बैंकहरुले महिने पिच्छे ब्याजदरहरु बढाउने गरेको भन्दै कार्य समिति बैठकले विभिन्न विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले मुलुकको आर्थिक अवस्था नाजुक हुँदै गइ रहेको अवस्थामा आर्थिक क्षेत्रका स्तम्भ मानिने उद्योग खासगरी उत्पादन मुलक उद्योगहरुलाइ प्रोत्सान गर्नुको सट्टा राज्य तथा बैंक, बीमा, विद्युत जस्ता निकायबाट भै रहेको हतोत्साही र कार्टलिंगको विरोध स्वरूप राज्यका सबै निकायहरुको ध्यानआकर्षण गर्ने तथा कुनै सुनुवाई नभएमा आन्दोलन सहितको कडा कदम उठाउने निर्णय समेत गरेकाे छ ।

परिसंघले निकट भविस्यमा नै आर्थिक क्षेत्र सम्बन्धी बजेट कार्यान्वयन नयाँ बजेटको तर्जुमा र निजी क्षेत्रका समास्याका सम्बन्धमा भन्सार, आन्तरिक राजस्व एवं राजस्व आनुसन्धान विभागसँग अन्तरक्रिया सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैगरी प्रदेश नं १ को सम्भ्यावता सहित आगामी वर्ष २०७९ माघको पहिलो हप्तामा अन्तराष्ट्रिय स्तरको औधोगिक तथा कृषि प्रदर्शनीको आयोजना प्रदेश नं १ को राजधानी विराटनगरमा गर्ने र यसका लागि पूर्वाधारको प्रारम्भ गर्ने निर्णय गरेको छ ।

बैंठकमा प्रमुख सलाहाकार महेश जाजु तथा प्रमुख निर्माण समक्ष पवन सारडा समेतको उपस्थितिमा रहेको नेपाल उद्योग परिसंघ प्रदेश नं १ का महानिर्देशक विजय हरि शर्माले जानकारी दिए ।

प्रकाशित : ६ फाल्गुन २०७८, शुक्रबार १५:३६