महालक्ष्मी विकास बैंकद्वारा कैलाली उद्योग वाणिज्य संघलाई फर्निचर सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महालक्ष्मी विकास बैंकद्वारा कैलाली उद्योग वाणिज्य संघलाई फर्निचर सहयोग



काठमाडाैं । महालक्ष्मी विकास बैंकले कैलाली उद्योग बाणिज्य संघको कार्यालयलाई फर्निचर हस्तान्तरण गरेको छ । बैंकको हसुलिया शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत द्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको बैंकका शाखा इन्चार्ज जगुराम डगौराले बताए ।

सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले “एक शाखा , एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : 17 February, 2022 4:42 pm