माछापुच्छ्रे बैंकको डीसीओमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने,अर्याल एजीएम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माछापुच्छ्रे बैंकको डीसीओमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने,अर्याल एजीएम



काठमाडाैं । माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीइओ) पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप महाप्रबन्धक(एजीएम) पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ ।

नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका थापा र न्यौपाने दुवै जनासँग दुई दशकभन्दा बढीको बैंकिङ अनुभव छ । माछापुच्छ्रे बैंकमै लामो समयसम्म उच्च व्यवस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकीय दक्षता भएका थापा बहुबैंकिङ व्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अव्वल मानिन्छन् ।


त्यस्तै उपमहाप्रबन्धक पदमा बढुवा भएका अर्यालले पनि बैंकिङ क्षेत्रमा करिब दुई दशक जतिको अनुभव सगालेका छन् र अर्यालसंग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।

बैंकको बिस्तारित व्यवसाय, स्तरीय सक्षम व्यबस्थापन, कर्मचारीहरुको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रीपूर्ण वातावरण लगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा माछापुच्छ्रे बैंक बैंकिङ क्षेत्रमा अव्वल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित छ । बैंकले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ सुविधा मार्फत सेवा प्रदान गदै आइरहेको छ । र १५ सयभन्दा बढी कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।

प्रकाशित : ५ फाल्गुन २०७८, बिहीबार १५:३८