आइएमई जनरलले ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई जनरलले ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १० बराबर ४ को रू. ४६ करोड ३० लाख ३४ हजार ४०० बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रहेको छ । हकप्रद शेयर निष्काशनपछि यो पूँजी रू. १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० पुग्नेछ ।

यो हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन माघ २७ गतेसम्म काउम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद शेयर खरिदका लागि विक्री प्रबन्धकसँगै आइएमई जनरल इन्स्योरेन्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

प्रकाशित : ५ फाल्गुन २०७८, बिहीबार १०:५५